Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नीति तथा कार्यक्रम परम्परागत छ, कुनै नयाँ कुरा छैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रम सपना र गन्तव्यविहीन भएको बताएका छन् ।

संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले नीति तथा कार्यक्रम उद्देश्यहीन रहेको प्रतिक्रिया दिएका हुन् ।

'नीति तथा कार्यक्रम परम्परागत छ । कुनै नयाँ कुरा छैन । कुनै नयाँ सपना छैन । सिंगो मुलुकलाई अपिल गर्ने त्यस्तो योजना छैन,'उनले भने,'कुनै सपना पनि दिएको छैन । सपनाविहीन, उद्देश्यविहीन, यथास्थितिवादी ।'

भट्टराईले आसन्न आर्थिक संकटलाई सम्बोधन गर्ने गरी कुनै कार्यक्रम नआएको भन्दै यो सरकार रहेसम्म समयको बर्बादी मात्र हुने बताए । आगामी वर्ष अर्थतन्त्र डरलाग्दो संकटमा जानसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077