Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई शिक्षकद्धारा छात्राहरुमाथि यौन दुर्व्यवहार : अनुसन्धानका लागि पाँच दिन म्याद थप

काठमाडौं । छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका दुई शिक्षकमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप भएको छ ।

जिल्ला अदालत काठमाडौंले आरोपित दुई शिक्षक जर्नादन अधिकारी र शिक्षक राजनकुमार पौडेलमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको हो ।

काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका संयोजक अधिकारी र शिक्षक पौडेल मंगलबार पक्राउ परेका हुन् । कक्षा ११ र १२ का छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार बिहानदेखि कलेजका विद्यार्थीहरुले सेन्ट लरेन्स कलेज र प्रहरी वृत्त गौशालामा आन्दोलन गरेका थिए।

शिक्षक अधिकारीमाथि केही समययता कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077