Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरकी नवनिर्वाचित प्रमुख दाहालद्धारा पदभार ग्रहण, भरतपुरमा जन्मिने छोरीको निःशुल्क बीमा

काठमाडौं । भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले पदभार ग्रहण गरेकी छन् ।

एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित दाहालले आज पदभार ग्रहण गरेकी हुन् ।

दाहालले पदभार ग्रहण गर्दै दुई वटा निर्णय समेत गरेकी छन् । भरतपुरमा जन्मिने छोरीलाई निःशुल्क बीमा गरिने निर्णय गरिएको छ । छोरीलाई गरिने बीमा रु एक लाखको १५ वर्ष अवधिको हुनेछ ।

भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निःशुल्क गरिने समेत उनले निर्णय गरिन् । त्यस्तै ७ हजार लिसम्म पिउने पानीको कुनै पनि शुल्क नलाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077