Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन सुरक्षामा खटिएर फर्कंदै गरेका प्रहरी कर्मचारी र म्यादी प्रहरीको मृत्यु

काठमाडौं । झापाको धरमपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १-०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेहरू नेपाल प्रहरीका कर्मचारी र एक जना म्यादी प्रहरी रहेको खुलेको छ । उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका ८ का प्रकाश राई र भोजपुरको सडानन्द नगरपालिका ८ का चिचोहाङ राईको मृत्यु भएको छ। प्रकाश प्रहरी कर्मचारी हुन् भने चिचोहाङ म्यादी प्रहरी हुन् ।

दुर्घटनापछि बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077