Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

रौतहटको गढीमाई नगरपालिकाको मेयरमा कांग्रेसका श्यामप्रसाद यादव विजयी

काठमाडौं । रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् । उनीे ८ हजार ६३१ मत ल्याएर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार शेख अबुलकलाम आजादलाई ५५८ मतान्तरले पराजित गरे । पराजित शेख अबुलकलाम आजादले ८ हजार ०७३ मत ल्याए ।

यस्तै उपमेयरमा जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार स्मिताकुमारी यादव ६ हजार ६७१ मतसहित विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार नागेन्‍द्र सिंहले ५ हजार ९०२ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077