Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर

मोरङ । मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुशन्धान आयोगले अध्यक्ष सन्तोष कुमार लावती, सचिव देविन्द्र काकी, कोषाध्यक्ष भिमा
लम्साल ढकाल , आपूर्ति संयोजक राम प्रसाद पौड्याल तथा सि.वि.बस्नेत एण्ड ऐसोसियट्सका प्रोप्राइटर चन्द्र बहादुर बस्नेत गरि ५ जना विरुद्ध वनको रकम हिनामिनागरेको भन्दै बिशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

अनुसन्धानका क्रममा मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरु र लेखापरीक्षकको मिलेमतोमा फर्जी विल बनाएको पाइएको बताइएको छ ।

उनिहरुले आफूखुसी मुल्य अवमुल्यन गर्ने, काठ निशुल्क बाँड्ने तथा सालको काठलाई कुकाठ वा दाउराको रुपमा मूल्याङ्‍कन गर्ने, परिमाण घटाई बिक्री वितरण गर्ने जस्ता वन पैदावार संकलन तथा बिक्री वितरण गरेको आयोगले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077