Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पदभार ग्रहण गर्दै ललितपुरका मेयर चिरीबाबुले गरे तीन निर्णय

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गरेसँगै उनले तीन वटा निर्णय गरेका छन्। उनले अब वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने पहिलो निर्णय गरेका हुन्।

त्यस्तै महानगरपालिकाले हालसम्म चक्रपथभित्र मात्र फोहोर संकलन गर्दै आएकामा दुई तीन हप्तापछि २९ वटै वडाबाट फोहोर संकलन गरिने उनले बताए ।

ललितपुर महानगरपालिकाले किनेको कम्प्याक्ट ट्रक दुई हप्तामा आइपुग्ने र त्यसपछि फोहोर संकलन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077