Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने सरकारको प्रतिबद्धता

    बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने सरकारको प्रतिबद्धता

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

    बुधबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा उनले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको पनि महत्वपूर्ण भूमिका रहेको र उनीहरूका मागप्रति नजरअन्दाज पनि नगरिने बताइन्।



    मन्त्री झाँक्रीले भनिन्, “बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर अघि बढौँ। बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटले काठमाडौँको फोहर व्यवस्थापनमा नयाँ मोड ल्याउनेछ। स्थानीयका जायज मागप्रति सरकारले नजरअन्दाज गर्दैन।”



    छलफलमा धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठीले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययनअनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने बताए।

    नुवाकोटका सांसद हितबहादुर तामाङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको फोहर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिए। उनले यो समस्या बारम्बार दोहोरिन नदिन स्थानीय सरकारलाई समेत जवाफदेही बनाउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार