Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णालीमा बस खस्‍यो : चार जनाको मृत्यु, ३४ जना घाइते

काठमाडौं । दैलेखको आठबीसकोट नगरपालिकाको सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मुगुबाट नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस कर्णाली राजमार्गअन्तर्गतको सिस्नेमा बुधबार साँझ कर्णाली नदीमा खसेको हो ।

घटनामा परी चार जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरकुमार शाहलेजानकारी दिए । बस सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077