Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत निलम्बनमा

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी निलम्बनमा परेका छन् ।

परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा  निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै  निवेदन दिएकी थिइन।

निबेदनपछि सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्ले जनाएको छ  ।

यस बिषयमा छानबिन समिति गठन गरेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।’

२०७६ सालमा पनि महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको पत्ता लागेपछि झा दुई महिना निलम्बन निलम्बनमा परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077