Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बाजुराको बुढीगंगामा वैशाख ३० गते भएको मतदान रद्ध, पुनः मतदान हुने

काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा गत वैशाख ३० गते भएको मतदान रद्द गर्ने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी उक्त नगरपालिकाको सम्पूर्ण मतदान रद्द गर्ने निर्णय गरिएको जनाएका हुन् । आयोगले उक्त नगरपालिकाको यथाशीघ्र मतदान गर्ने मिति र समय तोक्न पनि निर्देशन दिएको छ ।

यसअघि ३० वैशाखमा भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतदान रोकिएको थियो ।

बिहीबार बसेको आयोगको बैठकले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, बाजुराका प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका एसपी दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले उनीहरुलाई तीन दिनभित्र हटाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

त्यस्तै जिम्मेवार कर्मचारी खटाई निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077