Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिलाको चरित्रहत्या गर्ने प्रहरी जवान सहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

एक जना भने नेपाल प्रहरीका वहालवाला कर्मचारी रहेका छन् । विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेको आरोपमा रौतहटका घर भइ धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको छ ।

यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर प्रलोभनमा पारी खिचिएका अन्तरङ्ग तस्वीहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने, धम्क्याएर पीडितलाई मानसिक तनाव दिई चरित्र हत्यासमेत गरेको दावी गरिएको छ ।

कासिममाथि सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली युवतीको अन्तरङ्गका तस्वीर विभिन्न व्यक्तिलाई पठाइ चरित्र हत्या गरेको आरोप छ ।

काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले आज एक विज्ञप्ति जारी गरी जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077