Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विश्वमा खाद्यान्न अभावका लागि अमेरिका जिम्मेवार रहेको पुटिनको आरोप

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको बन्दरगाह प्रतिबन्धले विश्वव्यापी खाद्यान्न अभावको कारण भएको कुरा अस्वीकार गरेका छन्।

अस्ट्रियाका चान्सलर कार्ल निहेमासँगको फोन वार्तापछि पुटिनले खाद्यान्न अभावको वास्तविक कारण अमेरिका र युरोपले रुसमाथि लगाएको प्रतिबन्ध रहेको बताए ।

सोही क्रममा कार्ल निह्माले रुसी राष्ट्रपतिसँग ४५ मिनेटको कुराकानीबारे दुवैले गम्भीर विषयमा छलफल भएको बताए । उनले राष्ट्रपतिसँग युद्धको यथार्थबारे कुरा गर्नु महत्वपूर्ण भएको बताए ।

उनले  राष्ट्रपति पुटिनले शुक्रबार फोन कलमा रसियाले आफ्नो प्राकृतिक ग्यास आपूर्ति प्रतिबद्धताहरू पूरा गर्ने र युक्रेनसँग कैदी विनिमयमा वार्ता गर्न खुला रहेको बताएका थिए ।

रुसले पनि ८० प्रतिशत ग्यास रुसबाट प्राप्त गर्ने अस्ट्रियालाई प्राकृतिक ग्यास आपूर्ति गर्ने आश्वासन दिएको भन्दै छुट्टै विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077