Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले लियो युक्रेनको लाइमन सहर कब्जामा

एजेन्सी । रुसी सेनाले युक्रेनको डोनत्स्क क्षेत्रको लाइमन सहर कब्जा गरेको छ ।

पछिल्लो डेढ सातायता लगातार भारी मात्रामा आक्रमण गरिरहेको रुसले उक्त सहर नियन्त्रणमा लिएको युक्रेनले समेत स्विकारेको छ ।

यसअघि नै रुसी समर्थित पृथकतावादीहरुको बाहुल्य रहेको यो सहर आफूहरुले गुमाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार आलेक्सी एरिस्टाभिचले बताएका हुन् ।

डोनेत्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोको भनाइले समेत लाइमनमाथि नियन्त्रण जमाउन रुस सफल भएको संकेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077