Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ ।

आज बिहान देशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077