Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आर्थिक स्थायित्व कायम र मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउँदै राष्ट्र बैंक

    आर्थिक स्थायित्व कायम र मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउँदै राष्ट्र बैंक

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 813
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक स्थायित्व कायम गर्न र मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने तयारी गरेको छ ।केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर बढाउने संकेत गरेको हो ।

    राष्ट्र बैंकले भारत, अमेरिका, बेलायत, र ब्राजिलजस्ता देशमा मुद्रास्फिति बढेको भन्दै यसको प्रभाव नेपालमा पर्ने आँकलन गर्दै ब्याजदर बढाउने संकेत दिएको हो ।



    सन् २०२२ मा विकसित मुलुकको औसत मुद्रास्फीति ५।७ प्रतिशत र उदीयमान तथा विकासोन्मुख मुलुकको मुद्रास्फीति ८.७ प्रतिशत रहने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको तथ्यांक केन्द्रीय बैंकले प्रस्तुत गरेको छ ।



    संयुक्त राज्य अमेरिकाको मुद्रास्फीति ८.३ प्रतिशत रहेको, भारतमा खुद्रा मूल्य सूचकांको वृद्धिदर १७ महिनायताकै उच्च ७.७९ प्रतिशत रहेको, भारतीय रिजर्भ बैंकले ४ मे २०२२ मा नीतिगत दरमा ४० आधार बिन्दुले वृद्धि गरेको दृष्टान्त प्रस्तुत गरेको छ ।

    बैंक अफ इंग्ल्यान्डले सन् २०२१ डिसेम्बरदेखि सन् २०२२ मे महिनासम्मको ६ महिनाको अवधिमा चारपटक नीतिगत दरमा वृद्धि गरेको, ब्राजिलको केन्द्रीय बैंकले अगस्ट २०२० मा २ प्रतिशतमा रहेको नीतिगत दरलाई १७ मार्च २०२२ सम्ममा नौपटक वृद्धि गरी ११.७५ प्रतिशत पु¥याएको उदाहरण दिएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार