Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, आठ जना पक्राउ

काठमाडौं । दाङको बंगलाचुली गाउँपालिका-८ रानीखुट्टीको जंगलमा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करिब १२ सिकार खेल्न गएको क्रममा आफैले बोकेको बन्दुक आफ्नै निधार छेउको भागमा पट्किँदा उनको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । मृत्यु हुनेमा लमही-१ वसन्तपुर निवासी २३ वर्षीय कालुराम घर्तीमर रहेका छन् ।

सिकार खेल्न चार नाल भरुवा बन्दुकसहित उनीहरु गएका थिए । जसमध्ये एक जनाको मृत्यु भयो भने बाँकी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा लमही–१ वसन्तपुर निवासी ४० वर्षीय जीवलाल घर्तीमगर, सोही ठाउँका ४५ वर्षीय बुद्धिमान घर्तीमगर, ५० वर्षीय ओमबहादुर घर्तीमगर, २८ वर्षीय मृतकका दाइ मिनबहादुर घर्तीमगर, दिलबहादुर घर्तीमगर र खगेन्द्र घर्तीमगर रहेको प्रहरीले जनाएको छ । ती मध्ये दुई जना नाबालक छन् ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077