Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नाइजेरियाको चर्चमा भागदौड : ३१ जनाको मृत्यु, ११ घाइते

एजेन्सी । नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको पोर्ट हार्कोट शहरको एउटा चर्चमा भागदौड हुँदा किचिएर ३१ जनाको मृत्यु भएको छ ।

चर्चमा खाना लिन पुगेकाहरुको ढोका फोरेर एकै पटक भित्र छिरेपछि किचिएका थिए ।

‘मानिसहरु त्यहाँ बिहानैदेखि भेला भएका थिए, उनीहरु यति हतारिए कि, उनीहरु भित्र छिर्न दौडिए, त्यसपछि घटना भयो,’ प्रहरी प्रवक्ता ग्रेस इरिङ कोकोले भने ।

सोही भने भागदौडमा अन्य ११ जना पनि घाइते भएका छन् । घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077