Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदलाई पटक-पटक विघटन गरी मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयास भयो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताएका छन् ।

१५औं गणतन्त्र दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भएपनि जनताको जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन नसकेको बताएका छन्।

अर्कोतर्फ यही व्यवस्थाको माध्यमबाट शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी प्रवृत्ति, निरंकुश तरिका र अहंकारी व्यवहार तथा भ्रष्ट आचरण देखिनु दुःखद पक्ष रहेको बताएका छन्।

'गत वर्ष सार्वभौम जनताको प्रतिनिधित्व हुने प्रतिनिधि सभालाई पटक-पटक विघटन गरी मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयासलाई जनताले असफल बनाएका थिए', नेपालले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077