Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्थानीय तह निर्वाचनमा काँग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट हालसम्म १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार पालिकाहरुको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन् ।

मतगणना सम्पन्न भएका पालिकाहरुमा सबैभन्दा बढी जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित भएको आयोगले जनाएको छ । कुल ३५ हजार २२१ जना जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो ।

आयोगका अनुसार प्रमुखमा १४०, अध्यक्षमा १८८, उपप्रमुखमा ११०, उपाध्यक्षमा १९०, वडाध्यक्षमा २ हजार ६६३, महिला सदस्यमा २ हजार ६०४, दलित महिला सदस्यमा २ हजार ५४९ र सदस्यमा ५ हजार ३०४ जना जनप्रतिनिधि कांग्रेसबाट विजयी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077