Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • हवाईमार्गबाट जान असहज भएपछि विमान खोज्न पैदल जादै सेना र प्रहरीको टोली

    हवाईमार्गबाट जान असहज भएपछि विमान खोज्न पैदल जादै सेना र प्रहरीको टोली

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । तारा एअरको विमानको खोजीमा हवाईमार्गबाट जान असहज भएपछि नेपाली सेना र नेपाल प्रहरी स्थलमार्गबाट दुर्घटना भएको भनिएको स्थलमतर्फ गएको छ। नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै सेना र प्रहरी स्थलमार्गबाट गएको जानकारी दिएको छ।

    क्यानको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थलमार्गबाट खोजि कार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ।’



    हालसम्म विमान दुर्घटना भएको भनिएको स्थान टिटीतर्फ स्थलमार्गबाट सेना र प्रहरी गएको क्यानले बताएको छ। प्रतिकूल मौसमका कारण खोजीका लागि गएको फिस्टेल एअरको हेलिकोप्टर मुस्ताङ फर्किएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार