Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वृद्धभत्ता नलिने बाबुराम भट्टराईको घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् ।

बजेट प्रस्तुत भइसकेपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो घोषणा गरेका हुन् ।

'अब म पनि ६८ वर्षको भएँ, मैले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएँ,'उनले भने,'गरीब देशको नागरिक भएको हुनाले म आफूले लिने सामाजिक सुरक्षा भत्ता लिन्नँ ।'

सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षकै उमेरदेखि सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077