Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आलेको असली धन्दा बाहिरियो , अमेरिकी ग्रिनकार्ड लिएकासँग आर्थिक चलखेल गरी सम्मान

    आलेको असली धन्दा बाहिरियो , अमेरिकी ग्रिनकार्ड लिएकासँग आर्थिक चलखेल गरी सम्मान

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल सरकारले पर्वतारोहण पर्यटनको विकासमा योगदान पुर्याएको भन्दै अमेरिकी पीआर (ग्रिनकार्ड) लिएकी दावा याङ्जुम शेर्पालाई सम्मान गरेपछि चौतर्फी विरोध शुरु भएको छ ।

    १५ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा अमेरिकामा स्थायी बसोबास गर्ने शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले तेन्जिङ हिलारी अवार्डले सम्मानित गरेका हुन् ।



    नेपाल पर्वतारोहण संघले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले ग्रिनकार्ड लिएकी शेर्पालाई सम्मान गर्दा संघकै पदाधिकारीहरु भने सन्तुष्टी थिएनन् ।



    स्व. सुशील कोइराला प्रधानमन्त्री र लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा विदेशी पीआर लिनेहरुलाई नेपालको सरकारी सेवामा काम गर्न समेत रोक लगाएको थियो ।
    तर, अहिले मन्त्री आलेले ग्रिनकार्ड पाएकी शेर्पालाई हिलारीको नाममा स्थापित अवार्ड दिएपछि विरोध शुरु भएको हो ।

    सरकारी कोषबाट संचालित संघले विदेशी पीआर लिएकालाई हिलारीको नाममा स्थापित सम्मान दिएपछि संघभित्र पनि टिकाटिप्पणी शुरु भएको हो ।

    ५० हजार रुपैयाँ नगदसहित प्रदान गरिएको सम्मानपत्रमा पर्वतारोहण पर्यटनको विकासमा योगदान दिएको भनेर उल्लेख गरिएको छ ।

    तर, ग्रिनकार्ड लिएर स्थायी रुपमा अमेरिका बस्ने शेर्पाले पर्वतारोहण पर्यटनको विकासमा कसरी योगदान पुर्याइन भन्ने प्रश्नले मन्त्री आलेलाई झकझक्याउन थालेको छ ।

    शेर्पाले सम्मान लिनका लागि मन्त्री आलेसम्म आर्थिक चलखेल गरेको स्रोतको दावी छ ।

    शेर्पालाई प्रदान गरिएको सम्मानमा पर्यटन मन्त्री आले, पर्यटन सचिव महेश्वर न्यौपाने, पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी र पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाले हस्ताक्षर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार