Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 

काठमाडौं  । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप सुनापाती घर भई हाल भक्तपुर लिवालीमा बस्दै आएका ४६ वर्षीय कृष्णभक्त मानन्धर रहेका छन् ।

उनलाई उच्च अदालत पाटनले वैंकिङ् कसूर मुद्दामा २०७८ फागुनमा ३ दिन कैद र ९ लाख पचास हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

फैसला पछि फरार रहेका मानन्धरलाई सोमबार काभ्रेको नालाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077