Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीका गुनासो सुन्न र समस्या सम्बोधन गर्न मेयर हमालले सार्वजनिक गरे ह्वाटस्एप नम्बर

धनगढी । धनगढीका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाटस्एप नम्बर सार्वजनिक गरेका छन् ।

उनले उपमहानगरपालिकामा सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाटस्एप नम्बर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन्।

‘यो नम्बर मसँग हुन्छ। नागरिकको गुनासो सुन्नलाई हो। विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएको छ भने कल गर्नुस्। म तुरुन्त कारवाहीको प्रक्रियामा जान्छु,’ उनले भने।

भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकारी नगरको निर्माणमा आफू लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077