Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । आज देशका विभिन्न भू-भागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बाँकी प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन, चट्याङ् तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश–१, मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077