Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ ।हिजो सोमबार छापावाल सुनको मूल्य ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ थियो ।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । त्यसअघि, लगातार दोस्रो दिन सुनको मूल्य स्थिर थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । हिजो सोमबार तोलामा १२ सय ८५ रुपैयाँ कारोबार मूल्य रहेको चाँदीको मूल्य आज १२ सय ७० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077