Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

आफू मन्त्री पदमा हुँदा कस्ता कुरा राखेको थिए भनेर स्मरण गर्न पौडेललाई रिजालको सुझाव

काठमाडौं । कांग्रेसका सांसद मिनेन्द्र रिजालले पदीय भूमिका बदलिनेबित्तिकै अर्थतन्त्रका विषयमा गर्ने कुरामा आकाश र जमिनको भिन्नता नगर्न एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफलमा सहभागी हुने क्रममा पौडेलले वर्तमान सरकारले सही बजेट नल्याएको र ऋण बढाएको, स्रोत सुनिश्चित नगरेको, गरिबी हटाउने खालको नभएको बताएका थिए ।

उनीपछि छलफलमा सहभागी भएका रिजालले विगतमा आफू मन्त्री पदमा हुँदा कस्ता कुरा राखेको थिए भनेर स्मरण गर्न सुझाव दिएका थिए ।

संसद्‍मा र संसद्‍बाहिर बजेट प्रस्तुत गरेका पौडेललाई रिजालले ती बजेटमा राखेका अंक स्मरण गर्न सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077