Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधान सेनापति शर्माको विदेश भ्रमण तय

    प्रधान सेनापति शर्माको विदेश भ्रमण तय

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा विदेश भ्रमणमा जाने भएका छन् ।

    प्रधानसेनापति शर्मा नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरूको निरीक्षण भ्रमण गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।



    ४ देखि १० असारसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा लेबनान र सिरियामा हुनेछन् ।



    भ्रमणको समयमा प्रधानसेनापति शर्मालगायतको टोलीले मिसनहरूको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतका पक्षका बारेमा जानकारी लिने र राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्ने सेनाको भनाइ छ ।

    उक्त भ्रमणपछि प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा १३ देखि १७ असारसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम रहेको छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार