Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जनताका काम छोडेर लगातार विदेश भ्रमणमा, मन्त्रालय रित्तिन थाले

    जनताका काम छोडेर लगातार विदेश भ्रमणमा, मन्त्रालय रित्तिन थाले

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 864
    SHARES

    प्रतिकात्मक तस्बिर

    काठमाडौं । सरकारले विदेश भ्रमणमा मनपर्दी रूपमा स्वीकृति दिन थालेपछि मन्त्रालयका मन्त्री र सचिव मन्त्रालयलाई नेतृत्वविहीन बनाएर लगातार विदेश भ्रमणमा जान थालेका छन् ।

    केही मन्त्री विदेश भ्रमण सकेर आउना साथ फेरि अर्का थरी मन्त्री लाइन लागेर विदेश भ्रमणमा जाने क्रम बढेको छ । हाल सरकारका चार मन्त्री विदेश सयरमा छन् भने सोही संख्यामै सचिव पनि विदेश भ्रमणमा मस्त छन् । अन्य केही मन्त्रीहरू विदेश भ्रमणको लाइनमा छन् । नेपालीहरूको महान् पर्व दसैं नजिकिँदै गर्दा सरकारका मन्त्री र सचिव दसैंको मुखमा विदेश भ्रमणमा मस्त छन् ।



    वन तथा वातावरणमन्त्री प्रदीप यादव आइतबार अमेरिका उडेका छन् । उनी केही दिनअघि मात्रै विदेशबाट फर्केका थिए । त्यसको दुई साता नपुग्दै वनमन्त्री यादव फेरि अमेरिका उडेका हुन् । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ शनिबार क्यानडा उडेका छन् ।



    यस्तै, भूमिसुधार मन्त्री शशि श्रेष्ठ केही दिनदेखि युरोपका विभिन्न देशमा सयरमा छिन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रकुमार श्रेष्ठ पनि शनिबार युरोप प्रस्थान गरेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार