Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रशारण लाइन एमसीसी अन्तर्गत हो कि अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव ? : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले एमसीसीमाथि १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म एक शब्द पनि नबोलेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।

नेता श्रेष्ठले लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण कार्य अगाडि बढाइने कुरा बजेटमा प्रस्तुत भएकोमा प्रश्न गरेका थिए ।

उक्त योजना एमसीसी योजना अन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा अर्थमन्त्रीले आफैंले प्रस्ताव राखेका हुन् भन्नेबारे उनले सरकारसँग जवाफ मागेका थिए ।

नेता श्रेष्ठले एमसीसी परियोजना अन्तर्गत १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077