Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईजी नियुक्तिविरुद्ध रिटमाथिको सुनुवाइ जेठ ३० गते हुने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध दायर भएको रिटमाथि सुनुवाइको अर्को पेसी जेठ ३० गतेका लागि तोकेको छ।

धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा जेठ ३० गतेका लागि अर्को पेसी तोकिएको हो।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो।

सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयले आफूलाई अन्याय भएको दाबी गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा यसअघि वैशाख २२ गते न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम जारी गर्न अस्वीकार गरेको थियो। सोही इजलासले मुद्दाको अन्तिम सुनुवाइ मंगलबार (जेठ १७ गतेबाट) गर्ने आदेशसमेत सुनाएको थियो।

तर, मंगलबार सर्वोच्च प्रशासनले डीआईजीबाट ३ जनालाई एआईजी बढुवा गर्ने निर्णयविरुद्ध ३ जना डीआईजी (हाल अवकाशप्राप्त)ले दायर गरेको रिटलाई पनि लगाउमा राखेर पेसी सूची प्रकाशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077