Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनले किन भेटे एमाले अध्यक्ष ओलीलाई ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

केहीदिन अघि मतपरिणाम आउन बाँकी रहँदा ओलीलाई भेट्न बालेन ओली निवास बालकोट पुगेका हुन् । मेयरमा बालेनको मतान्तर बढ्दै गएसँगै उनी ओलीलाई भट्न बालकोट पुगेका थिए ।

ओली र साहबीच केही राजनीतिक विषय र महानगरको विकासका विषयमा समेत कुराकानी भएको थियो । त्यसैगरी मेयर साहले फोहोर व्यवस्थापन गर्न आफूले बनाएका योजनाबारे समेत सुनाएका थिए ।

ओली र बालेनको ‘वान टु वान’ वार्ता के विषयमा भयो भन्ने खुलाइएको छैन । यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेका छन् । बालकोट पुग्दा मतगणना बाँकी रहेपनि जित निश्चित भइसकेकाले बालेनलाई ओलीले शुभकामना समेत दिएको बुझिएको छ ।

यस्तै सोमबार शपथ ग्रहणसँगै मेयर साहले सेना प्रमुखसँग समेत भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077