Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बालेनले किन भेटे एमाले अध्यक्ष ओलीलाई ?

    बालेनले किन भेटे एमाले अध्यक्ष ओलीलाई ?

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

    केहीदिन अघि मतपरिणाम आउन बाँकी रहँदा ओलीलाई भेट्न बालेन ओली निवास बालकोट पुगेका हुन् । मेयरमा बालेनको मतान्तर बढ्दै गएसँगै उनी ओलीलाई भट्न बालकोट पुगेका थिए ।



    ओली र साहबीच केही राजनीतिक विषय र महानगरको विकासका विषयमा समेत कुराकानी भएको थियो । त्यसैगरी मेयर साहले फोहोर व्यवस्थापन गर्न आफूले बनाएका योजनाबारे समेत सुनाएका थिए ।



    ओली र बालेनको ‘वान टु वान’ वार्ता के विषयमा भयो भन्ने खुलाइएको छैन । यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेका छन् । बालकोट पुग्दा मतगणना बाँकी रहेपनि जित निश्चित भइसकेकाले बालेनलाई ओलीले शुभकामना समेत दिएको बुझिएको छ ।

    यस्तै सोमबार शपथ ग्रहणसँगै मेयर साहले सेना प्रमुखसँग समेत भेटघाट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार