Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रातो मच्छिन्द्रनाथको रथलाई आज जावलाखेल लगिँदै, २१ गते भोटो देखाइने

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदैछ ।

रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि गएको बिहीवार ज्योतिषहरूले आजको साइत तय गरेका हुन् । बुधवार दिउँसो ४ बजेपछि रथ तान्नको लागि तयारी गरिएको छ ।

आज रथ तान्नको लागि मंगलवार लगनखेलको इति क्षेत्रको सडक मर्मत गरेर पिच गर्ने काम समेत गरिएको छ ।

रथलाई आज लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनु पर्ने परम्परा अनुसार मंगलवार बेलुका रथमाथि नरिवल खसालेर चामलको भात पकाएर घुमाएर चढाइएको थियो । आज रथलाई जावलाखेलमा पुर्‍याउन सकेको खण्डमा २१ गते शनिवार भोटो देखाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077