Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी क्षेत्रमा मौसम बदली छ ।

अहिले प्रदेश-१ र गण्डकीका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ ।

अहिले घाम लागे पनि मौसम फेरि बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

दिउँसो प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । कतैकतै हावाहुरीसहित हल्का वर्षाको पनि सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077