Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण सुरु गरेको छ। काठमाडौं कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण सुरु भएको हो।

जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

माओवादीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।

बुधबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन सहित प्रशिक्षण दिएपछि बिहीबार वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समापन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077