Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • किसान पेन्सन कार्यक्रम हावादारी हो : हृदयेश त्रिपाठी

    किसान पेन्सन कार्यक्रम हावादारी हो : हृदयेश त्रिपाठी

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले किसान पेन्सन कार्यक्रम हावादारी भएको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उनले सरकारले बजेटमार्फत घोषणा गरेको पेन्सन कार्यक्रम किसानलाई के आधारमा दिने भन्ने नै नखुलेको भन्दै हावादारी भएको बताएका हुन् ।



    ‘योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो रु’ उनले प्रश्न गरे, ‘यदि कृषि उपजको बीमाको कुरा भएको भए कुरा बुझिन्थ्यो, पेन्सन प्राप्त गर्ने के मोडालिटी हुन्छ रु अर्थमन्त्रालयले कसले भनेर राख्दियो रु’



    नेपाली किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्ने भन्दै उनले यसै वर्ष धान खेतीमा राख्ने मल अभाव हुनेतर्फ भने सरकार सचेत नरहेको बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार