Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिस नेपाल सुर्खेतका तत्कालीन अध्यक्षसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष सहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिस नेपाल सुर्खेतका तत्कालीन अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारद्वारा लामिछाने र घिमिरेले व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल बनाई १३ लाख ३७ हजार भ्रष्टाचार गरेको ठहर गर्दै १३ लाख सैतीस हजार बिगो माग गरि आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077