Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल तानियो, २१ गते भोटो देखाइने

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेलसम्म तानिएको छ । इटी टोलमा रहेको रथलाई आज बुधवार लगनखेल हुँदै जावलाखेलसम्म तानिएको हो ।

रथ तान्ने क्रममा हजारौँको सङ्ख्या मानिस जम्मा भएका थिए भने रथ तानुञ्जेल लगनखेल–जावालाखेल सडक प्रभावित भएको थियो ।

अब यही २१ गते शनिवार भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टङ्गल लगिनेछ ।

त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ । रथयात्रा गत वैशाख २१ गते पुल्चोकबाट सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077