Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तारा एयर विमान दुर्घटना : आज मृतकका परिवारलाई शव हस्तान्तरण गरिँदै

    तारा एयर विमान दुर्घटना : आज मृतकका परिवारलाई शव हस्तान्तरण गरिँदै

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । पोस्टमार्टम सकिएसँगै शव आज आफन्तलाई बुझाइने भएको हो ।

    महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवहरुको पोस्टमार्टम गरिएको थियो ।  दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव सोमबार र मंगलबार दुई चरणमा काठमाडौं ल्याइएको थियो ।



    पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ ।



    दुर्घटनामा ज्यान गुमाएका चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार