Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तारा एयरले एकसाता पोखरा–जोमसोम उडान नभर्ने

    तारा एयरले एकसाता पोखरा–जोमसोम उडान नभर्ने

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान एक साताका लागि स्थगित भएको छ ।

    कम्पनीले बिहीबार सूचना जारि गर्दै शुक्रबारदेखि एक साताका लागि उडान स्थगित गरेको हो ।



    जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न नसक्ने बताएपछि बिहीबार हुने तारा एयरका सबै उडान रद्द गरिएको थियो ।



    काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको तारा एअरले जनाएको हो ।

    मौसम विभागले बिहीबार सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने बताएको छ ।

    यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागको स्पष्टीकरण छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार