Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सप्तकोशी नदीमा हाम फालेका लिम्बूको सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्धार

काठमाडौं । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा हाम फालेका एक जनाको उद्धार गरेको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीले जनाएको छ ।

उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो ।

लिम्बूलाई सम्झाइबुझाइ घरतर्फ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077