Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२ घण्टापछि बागमती प्रदेशसभाको बैठक पुनः सुरु

काठमाडौँ,१९ जेठ । एमालेको अवरोध पछि १० मिनेटका लागि स्थगित भएको बागमती प्रदेशसभाको बैठक २ घण्टापछि पुनः सुरु भएको छ ।

सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध गरेपछि बैठक स्थगित भएको थियो ।

एमालेले उठाएका विषयमा सरकारको तर्फबाट मुख्यमन्त्री पाण्डेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने समयमा त्यस विषयलाई पनि समेटेर जवाफ दिने र उक्त विषयमा प्रदेशका मुख्यसचिवको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गर्ने सहमतिपछि प्रदेशसभाको बैठक सुरु हुने भएको हो ।

उनले संसदीय छानविन समिति गठन नभएसम्म सदन चल्न नदिने भन्दै विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077