Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भन्सार छली ल्याएका मोबाइलसहित एक जना पक्राउ 

काठमाडौं । अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याईएका मोवाईल सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार बैशाली घर भई हाल काठमाडौंको कंलकी बस्ने २८ बर्षीय जमशेद अलि रहेका छन् ।

उनलाई न्युरोड स्थित ताम्राकार कम्प्लेक्समा रहेको जेम्स मोवाईल रिपेयर पसलबाट पक्राउ गरिएको हो ।

उनको साथबाट आइफोन १३ म्याक्स २ थान, आइफोन १२-१, आइफोन११-५, आइफोन-८ ३ थान, वान प्लस र रेडमी ब्रान्डका एक एक थान फोन बरामद गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077