Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

१२ थान मोटरसाईकलसहित चोरी गर्ने गिरोहका आठजना पक्राउ

काठमाडौं । झापाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गर्ने गिरोहका ८ जनालाई झापा प्रहरीले बिहीबार १२ थान मोटरसाईकलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टिकुली नगरपालिका–५ सप्तरीका २७ वर्षीय करण महमद, झापाको गौरीगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ का १८ वर्षीय समिर मिया, विर्तामोड नगरपालिका–५ का १८ वर्षीय विष्णु भण्डारी र करण मण्डल यसैगरी विर्तामोड नगरपालिका–३ का १९ बर्षीय कुमार राजवंशी तथा १८ वर्षीय सुमन बिहारी र ईलाम चुलाचुलीका–१८ वर्षीय राहुल श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरु माथि ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077