Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेस प्रदेशले जेठ २२ गते नीति कार्यक्रम ल्याउने

जनकपुर । मधेस सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

नीति तथा कार्यक्रम ल्याउन जेठ २२ गते आइतबार अपराह्न ४ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने जानकारी दिए ।

उनले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आआफ्नो वेशभूषामा सहभागी हुन प्रदेशसभा सदस्यलाई आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077