Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढ्दै, दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

काठमाडौं । यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना भएको देखिन्छ।

यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० र दैनिक ८ वटा यस्ता घटना प्रहरीकहाँ दर्ता भएको देखिन्छ। यो तथ्यांकमा यौनजन्य हिंसा र दुर्व्यवहारमा पनि बलात्कारको हिस्सा अत्यधिक छ। तथ्यांकअनुसार यो संख्याको झन्डै ७० प्रतिशत हिस्सा बलात्कारले लिन्छ।

प्रहरीकहाँ दर्ता भएका जाहेरीको तथ्यांक हेर्दा यौन हिंसा तथा दुर्व्यवहारका घटनाको ग्राफ बर्सेनि उकालो लागेको देखिन्छ। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा बलात्कारका १ हजार १ सय ३१ र बलात्कार प्रयासका ५ सय ३६ घटना दर्ता भएका थिए।

यस्तै आव २०७४/७५ मा बलात्कारका १ हजार ५ सय १४ वटा घटना दर्ता भएकोमा जबर्जस्ती करणीका १ हजार ४ सय ८०, मानव बेचबिखन तथा जबर्जस्ती करणीका १०, अपहरण तथा जबर्जस्ती करणीका २४ वटा थिए। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077