Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फोहोर व्यवस्थापनबारे छलफल गर्न एकाबिहानै सिसडोल पुगे मेयर बालेन्द्र र उपमेयर सुनिता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नुवाकोटको सिसडोल पुगेका छन् । मेयर शाह उपमेयर डंगोलसहितको टोलीलाई लिएर शुक्रबार बिहानै सिसडोल पुगेका हुन् ।

फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न उनीहरु सिसडोल पुगेका हुन् । स्थानीयले आफ्नो समस्याका बारेमा मेयर शाहलाई जानकारी गराएका छन् ।

डम्पिङ साइटका कारण निकै समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी समयसमयमा आन्दोलित हुने गरेका छन् । मेयर शाह र उपमेयर डंगोलले बिहीबार मात्रै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई भेटेर फोहोर व्यवस्थापनबारे चासो राखेका थिए ।

यसअघि निर्वाचित हुनेबित्तिकै मेयर बालेन्द्र अनुगमनका लागि सिसडोल र बञ्चरेडाँडा पुगेका थिए । शाहले काठमाडौंको फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने र खादा–माला नलगाउने घोषणा गरेका छन्

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077