Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिमरा विमानस्थलको दैनिक उडानको समय कटौती , मर्मतको काम अघि बढाइयो

काठमाडौं । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ।

विमानस्थल क्षेत्रमा मर्मत सम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो। सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए।

नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने भट्टले बताए।

वर्षैदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मत सम्भार गर्न लागिएको हो। दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077